- Advertisement -

- Advertisement -

रविको पार्टी रास्वपा अवैध भएको भन्दै खारेजी गर्न उजुरी दर्ता

- Advertisement -

- Advertisement -

काठमाडौँ । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजी गर्न निर्वाचन आयोगमा उजुरी परेको छ ।यसअघि लामिछानेको नागरिकता अवैध रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा हाल्ने युवराज सफलले नै उनको पार्टी पनि खारेज हुनुपर्ने मागसहित आयोगमा उजुरी दिएका हुन् । आज आइतबार दर्ता गरिएको उजुरीमा उनले सभापति लामिछानेले पार्टी दर्ता गराउँदा निस्क्रिय नागरिकता पेश गरेको र सो नागरिकता सर्वोच्च अदालतले खारेज गरेको भन्दै उनको दल दर्ता पनि खारेज हुनुपर्ने माग गरेका हुन् ।रास्वपा खारेजीको लागि उनले तेस्रोपटक निवेदन दिएका हुन् ।

यो पनि पढ्नुहोस

Metro city’s should make road with protection In mind

- Advertisement -

- Advertisement -

सो निवेदनमा भनिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. (२) को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ। यो अवस्थामा पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो ।’निवेदकले उक्त पार्टी खारेजी गर्दै पार्टीले हालसम्म गरेका कामकारबाही र गतिविधि पनि अवैध रहेको घोषणा गर्न माग गरेका छन् ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...