- Advertisement -

- Advertisement -

एलिनाको आक्रोश को माथि ? के लभ परेको मात्र गीत बनाउँ !

- Advertisement -

- Advertisement -

काठमाडौं। चर्चित गायिका एलिना चौहान अहिले अष्ट्रेलियामा छिन् । गत वैशाखमा आफ्ना प्रेमी विष्णु सापकोटासँग बैवाहिक बन्धनमा बाधिएको केहीसमयमा नै उनी अष्ट्रेलिया पलायन भएकी हुन् ।

अष्ट्रेलिया पुगेकी चौहानले मंगलबार आफनो सामाजिक संजाल इन्ष्ट्राग्राममा एउटा भिडियो पोस्ट गरेकी थिईनन्, जसलाई लिएर उनको फ्यानहरुले विभिन्न टिका(टिप्पणी गरिरहेका छन् । एलिनाले अहिले चर्चामा आएको भारतीय गीत ‘थारा पैसा, थारी दौलत, थारी गाडी थारा नाम थारा बङ्गला थारा काम, तुम्ही रखो रे’

यो गीतको भावार्थ हो- ‘तिम्रो पैसा, तिम्रो सम्पत्ति, तिम्रो गाडी, तिम्रो नाम, तिम्रो घर, तिम्रो काम, तिमीसँगै राख ।’ उनले यो गीतमा भिडियो मात्रै बनाइनन् उनले सोही गतिसंग क्याप्सनमा एलिनाले लेखेकी छन्, ‘एउटा वास्तविक पुरुषले तपाईँलाई त्यस बेला पनि सम्मान गर्छ, जब उ तपाईँप्रति बहुला भएको हुन्छ । यो सम्झिनु ।’

यो पनि पढ्नुहोस

भारतद्वारा नयाँ रकेट प्रक्षेपण

Cargo industry welcome foreign investment

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

उक्त भिडियो सार्वजनिक भएपछि उनको बारेमा विभिन्न गसिप र समाचार सार्वजनिक भएको छ । समाचारहरु सार्वजनिक भएपछि उनी उल्टै मिडियासँग रिसाएकी छन् ।

धेरै टीकाटिप्पणी भएपछि एलिनाले भिडिओलाई लिएर मुख खोलेकी छन्। उनले फेसबुकमा भिडिओ राख्दै भनेकी छिन्, ‘टिकटकमा जताततै एउटा गीत देखेपछि युट्यूबमा गएर हेर्दा राम्रो लाग्यो। राम्रो लागेपछि एउटा कन्सेप्ट सोचेर मैले पनि भिडिओ बनाएर हालें। भिडिओ देखेपछि सबैले यसलाई त बुढाले पिटेछ, मारेछ भन्ने सोच्नुभएछ। चलेको गीत भएकाले सबैलाई थाहा छ होला भन्ने लागेको थियो।’

चलेको गीतमा भिडिओ बनाउँदा मिडियाले नबुझेर समाचार लेखेको भन्दै उनले दुःखेसो व्यक्त गरेकी छन्।  ‘समाचार बनाउनुअघिचाहिँ मलाई एकचोटि सोध्नुभएको भए हुन्थ्यो। सबैले भाइरल हुन हो कि किन भनेर समाचार बनाउनुभएछ,’ उनले भनिन्, ‘अब मैले कुनै गीत मनपर्‍यो भने भिडिओ बनाउनै नपाउनू ? कि सधैं लभ परेको गीतमा मात्र बनाउनुपर्ने होरु अरूको गीतमा बनाउनै नहुने हो किरु सधैँ आफ्नै गीतमा बनाउनुपर्ने हो किरु मैले यो कुरै बुझिनँ।’

 

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...