- Advertisement -

- Advertisement -

मेडिकल सहायता बोकेर नेपाली सेनाको टोली म्यानमार प्रस्थान

- Advertisement -

- Advertisement -

प्रबिन किराती

काठमाडौँ।म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको छ। टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणहरु सहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेशबुकमार्फत जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस

Make Realtionship Years Lights Fill Kind In USA

ताप्लेजुङमा भूकम्पको धक्का

- Advertisement -

- Advertisement -

म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षति पश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहत सहित नेपाली सेनाको टोली आज मिति २०८१ चैत्र २० गते त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको CN-235 CASA विमानद्वारा म्यानमार तर्फ प्रस्थान गरेको हो । उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्नेछ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...