- Advertisement -

- Advertisement -

भोटखोला गाउँपालिका प्रमुख र नेपाल सरकार खाध्य ब्यावस्था प्रमुख बीच आगामी ५ बर्ष को लागि भोटखोला का कृषकहरु संगै हातेमालो गरि अघि बढ्ने विविध बिषयमा हस्ताक्षर गरियो

- Advertisement -

- Advertisement -

वाङ छिरीङ भोटिया,

भोटखोला! नेपाल सरकारको खाध्य ब्यबस्था तथा व्यापार कम्पनी लि. प्रधान कार्यालय काठमाडौं को प्रमुख कार्यकारी अधिकृत रमेश आचार्य र भोटखोला गाउँपालिका प्रमुख वाङछेदर लामा बिच नितिगत रुपमा आगामी ५ बर्सको लागि भोटखोलाको कृषकहरु संग संगै हातेमालो गरि अगाडि जाने सहमतिमा हस्ताक्षार गरेका छन्।

- Advertisement -

- Advertisement -

हस्ताक्षर भएको कुराको संक्षिप्त रुपमा जानकारीः

१. आ.ब. २०८९/२०८० मा उच्च हिमाली क्षेत्रमा पाइने रैथाने बाली तथा पशुपंक्षी जन्य बस्तुको संरक्षण, प्रबर्धन र बजारिकरण रणनितिक योजना २०८०/२०८४ तयार गरि गाउँसभाबाट पारित गरि नितिगत बाटो तय गरिनेछ।

- Advertisement -

- Advertisement -


२. आ.ब. २०८०/२०८१ मा भोटखोला गाउपालिकाले २५ बर्षे दिर्घकालिन सोच सहितको ५ बर्षे आबधिक योजना बनाई कृषि र पशुपंक्षी बिकास तर्फ तयार गरेको रणनितिक योजनालाई समावेस गरेको छ।


३. भोटखोला गाउँपालिकाले कुनै पनि कृषकलाई अनुदान दिदैन तर कृषकले उत्पादन गरेको रैथाने बाली बिक्री गर्न चाहेमा बजारको सुनिश्चितता ज्ञ्यारेन्टिका साथ सबै गाउँपालिकाले खरिद गर्नेछ र यो अभ्यास यहि आर्थिक बर्ष देखि सुरुवात गरेका छौ।


४. भोटखोला गाउँपालिकाको युवाहरुले रैथाने खेती गर्न सुरुवात गरेर र उत्पादन गरेका सबै समान खरिद गर्न र त्यसको लागि अग्रिम सम्झौता गर्न यो संस्था तयार रहनेछ।


५. यहि हिउँदे सभा २०८१ फागुण ३ गते मा बसेको गाउँ सभाले ८ वटा रैथाने बालिको न्युनतम प्रति के.जि. समर्थन मूल्य कायम गरि कृषक र कृषक समुहबाट खरिद गर्न शुरुवात गरेका छौ र आ.ब. २०८२/२०८३ साउन १ गतेबाट संकलन केन्द्र र बिक्री केन्द्रलाई ब्यबस्थित गरेर लैजाने।


६. यहि आ.ब. २०८२/२०८३ बाट कृषकको उत्पादनलाई बजार सम्म लैजान वा ढुवानी गर्ने कृषि एम्बुलेन्स सवारी साधन खरिद गर्न आवशंयक राजस्व छुट पाउनको लागि कृषि ज्ञान् केन्द्र खाँदबारी मार्फत प्रकृया अगाडि बढेको छ र यो सवारी साधन खरिद आर्थिक सहयोग कृषि मन्त्रालय कोशी प्रदेशबाट प्राप्त भएको छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...