प्रबिन किराती
ललितपुर/ललितपुर, गोदावरीकी दिदीबहिनी स्मृति सिलवाल र डा. सुप्रिति सिलवाल नेपाल प्रहरीमा निरीक्षकका रूपमा कार्यरत छन्। रोचक कुरा के छ भने, उनीहरूको पिता नेपाल प्रहरीका अवकाशप्राप्त डीएसपी हुन्।
स्मृतिले सात वर्षदेखि प्रहरी सेवामा काम गर्दै आएकी छिन्, जसले उनकी कान्छी बहिनी सुप्रितिलाई पनि यो क्षेत्रमा आकर्षित गर्यो। हाल सुप्रिति नेपाल प्रहरीको मेडिकल शाखामा कार्यरत छिन्।
उनीहरू भन्छन्, “राष्ट्र र जनताको सेवा गर्नु हाम्रो लागि गौरवको कुरा हो।