शक्तिशाली दीपक भट्टको दबाब थेग्न अर्थमन्त्री पौडेललाई हम्मेहम्मे, भाइ सुशिललाई गनर्भर बनाउन प्रस्ताव

प्रबिन किराती

काठमाडौं।नेपालको राष्ट्रिय राजनीतिमा साझा प्रभाव छोड्ने व्यक्तिको रुपमा चिनिएका व्यापारी दीपक भट्ट आफ्नै भाइ सुशिल भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने दौडमा अगाडि छन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार हुँदा दीपकले उनै सुशिललाई लगानी बोर्डको सिईओ बनाएका थिए । त्यतिवेला नेकपामा खुब विरोध भयो । उक्त निर्णय सच्याउन आधा दर्जन नेताले नेतृत्वसमक्ष दबाब नै सिर्जना गरेका थिए ।

तर, दीपक भट्टसामू गलेका तत्कालिन प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले निर्णय सच्याउने त परै जाओस दुःखेसो पोख्नेहरुको कुरासमेत सुन्न नचाहेको कुरा बाहिरिएको थियो । भट्टले लगानी बोर्डमा आफ्नो कार्यकाल पूरा गरेर बाहिरिएपछि अहिले उक्त ठाउँमा ओलीका प्रिय सुशिल ज्ञवाली आएका छन् ।

दीपक भट्टले भाइलाई जसरी पनि गभर्नर बनाउनुपर्ने दबाब बालुवाटार र बुढानिलकण्ठसम्म निरन्तर दिइरहेका छन् । दीपक भट्ट नेपालका मुख्य राजनीतिक दल कांग्रेस, एमाले र माओवादीको नेतृत्वसँग निकट मानिएका छन् । उनको प्रस्ताव यी तीनै पार्टीका मुख्य नेतृत्वले प्रायः काट्न सक्दैनन् । त्यसको रसायनबारे स्वयम ती दलका अरु नेताहरु अनभिज्ञ नै छन् ।

गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन नपाउँदै नयाँ गभर्नर बनाउने दौड चलेको हो । अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ ।अधिकारीलाई पनि प्रधानमन्त्री ओलीले नै २०७६ सालमा गभर्नर बनाएका हुन् । अहिले ओलीले आफ्नै दलसँग निकट व्यक्तिलाई नै गभर्नर बनाउन चाहेका छन् ।

ओली र अर्थमन्त्री विष्णु पौडेलसँग पनि निकट सम्बन्ध भएकै कारण दीपकले आफ्ना भाइ सुशिललाई गनर्भर बनाउन दबाब दिएका छन् । उनको दबाब थेग्नसक्ने अवस्थामा स्वयम अर्थमन्त्री पौडेलपनि नरहेको स्रोतको दाबी छ । आज÷भोलिभित्रै सरकार एउटा निर्णयमा पुग्नेगरि छलफल भैराखेको छ ।

Comments (0)
Add Comment