वाङ छिरिङ खुम्बुवा,
काठमाडौंः म कुलमान को साथमा छु, हामी कुलमानको साथमा छौ, देश कुलमानको साथमा छ” भन्ने नारा को साथ आज चावहिल चोक मा कुलमान घिसिङको पक्षमा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न गरेको छ॥
लगभग एक घण्टाको हस्ताक्षर कार्यक्रम मा सयौं जनाले कुलमान घिसिङको पक्षमा हस्ताक्षर गरेको छ। कार्यक्रम छोटो भए पनि यति धेरै मानिसहरुले हस्ताक्षर गरेर कुलमान को समर्थन गरि दिनु भएको मा कार्यक्रम को संयोजक तेन्जिन भोटिया ले खुशी ब्यक्त गर्नु भयो॥
अब यो भ्रष्ट सरकारहरु संग हामी झुकेर कहिले पनि बस्नु हुदैन, हामी एक भएर सरकार ले गरेको यो अत्यचार को बिरुध्द लड्नु पर्छ भोटिया ले भन्नु भयो॥