वाङ छिरिङ भोटिया
काठमाडौं । कपन जेसिज, कपनको आयोजनामा ७ दिने पब्लिक स्पिकिङ्ग तालिम सम्पन्न भएको छ। गत चैत्र ३१ गते आइतबारबाट कपन जेसिज र हेजल ग्रुमिङ एकेडेमीको सहकार्यमा संचालन भएको सो तालिम हिजो शनिबार सम्पन्न भएको हो।
कपन जेसिजमा आवद्ध भएपछि सबैको अगाडी निर्धक्क बोल्न सक्ने क्षमताको विकास गर्न, साथै समाजमा भएको विभिन्न क्रियाकलापमा सहभागी भई आफनो भुमिकालाई प्रस्तुत गर्न सो प्रशिक्षणमा सिकाइएको थियो। तालिमका मुख्य प्रशिक्षकका रूपमा हेजल ग्रुमिङ एकेडेमीका डाइरेक्टर शुभम पनेरु रहेका थिए।
७ दिने पब्लिक स्पिकिङ्ग तालिमा जम्मा १५ जना सहभागी भएको कपन जेसिजका महासचिव मिसन अधिकारीले बताए। पब्लिक स्पिकिङ्ग तालिममा सहभागी भएका सबैलाई प्रमाण पत्र प्रदान गरिएको उनले जानकारी दिए।
पब्लिक स्पिकिङ्ग समापन कार्यक्रमका तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र कार्यकमका प्रमुख अतिथि अर्जुनजंग बहादुर सिंह, विशिष्ट अथिति बबिता पाण्डे जेसिज वर्ष २०२५का अध्यक्ष छितेन् लिङ्बो लगायत अतिथिहरुले प्रदान गरेका थिए।
कपन जेसिजलाई देशको उत्कृष्ट बनाउने उदेश्य सहित यस्ता कार्यकम सञ्चालन गर्दै आएको कपन जेसिजका अध्यक्ष छितेन् लिङ्बोले बताए । उनले भने, ‘ज्ञानले मात्रै नभएर समाजलाई सकरात्मक तरिकाले नेतृत्व दिन सक्नु आजका युवाको आवश्यता हो ।’ आफु कपन जेसिजको अध्यक्ष भएर आएपछि कपनका युवाहरुलाई विभिन्न तालिम दिदै आएको र सम्पन्न गर्न सफल भइसकेको उनले कार्यक्रममा बताए । पब्लिक स्पिकिङ्गका लागि आवश्यक विभिन्न कला, ज्ञानलगायत भाषण कला, व्यक्तित्व विकास, आफ्नो आवाज पहिचान गर्दै त्यसलाई निखार्ने उदेश्यले कपन जेसिजद्वारा तालिम दिएको लिङ्बोले बताए ।
आगमी दिनमा पनि कपन जेसिजले व्यवसायीक तालिम, ट्राफिक व्यवस्थापनलगायतका तालिम संचालन गर्ने र पब्लिक स्पिकिङ्ग तालिम ७ दिन ले मात्रै नभएर आवश्यक परे कपन जेसिजले १ महिनासम्मको पनि दिने जानकारी गराए।