जल जमिन बेच्ने भुमाफिया जनप्रतिनिहरु लाई जुत्ताको माला लाउने स्थानीय को चेतवानी

संखुवासभा! चीनको सिमाना जोडिएको संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा नम्बर ४ स्थित पवित्र धार्मिकस्थल छुक्चुवा बरुण खोलामा जलविद्युत् आयोजना ल्याउने प्रयासप्रति स्थानीय समुदायले तीव्र विरोध जनाएका छन्। जल जमिन बेच्ने जनप्रतिनिधिहरुलाई जुत्ताको माला लगाइने छ भन्ने चेतावनीसहित स्थानीय युवाहरू आन्दोलित भएका छन्।

एम्पिक इनर्जी प्रालिले उक्त क्षेत्रमा जलविद्युत् आयोजना सञ्चालन गर्न गाउँपालिकासँग सिफारिस माग गरेपछि, वडाले सो पत्रको बारेमा सुझाव माग्दै पत्राचार गरेको छ। तर, यसैलाई लिएर स्थानियहरूमा असन्तोष चुलिएको छ।

यसै बिषय लाई लिएर भोटखोला ४ स्याक्सिला निवासी आकाश लिङ्बो ले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आक्रोष पोख्दै जनप्रतिनिधिहरूलाई जुत्ता को माला लगाउने चेतवानी ” दिएका छन्। उनको स्टाटसमा भनिएको छ:

“जुत्ताको माला लाउने हो कि फुलको माला लाउने हो, तपाईंहरू आफैं निर्णय लिनुहोस्!

जल जमिन बेच्ने जनप्रतिनिधि चाहिँदैन।

यदि सिफारिसमा सहि भयो भने, कालो मोसो दली, पदमुक्त गराउने मात्र हैन – जेल चलान गर्ने तयारीसमेत गरिएको छ।”

उनले यसलाई केवल परियोजनाको विषय नभइ पवित्र धार्मिक स्थलको अस्तित्व र इतिहासको सवाल रहेको बताएका छन्।

Comments (0)
Add Comment