काठमाडौं। संखुवासभाको भोटखोलामा अवस्थित पवित्र वरुण क्षुक्क्षुवा खोला र यसको धार्मिक स्थल जोगाउन स्थानीय बासीहरू, बुद्धिजीवी, युवा र धार्मिक अगुवाहरू एकजुट भएर सडकमा उत्रिएका छन्। एपिक इनर्जी प्रा.लि.द्वारा वरुण खोलामा जलविद्युत् आयोजना निर्माणका लागि भौगोलिक अध्ययन सुरु भएपछि भोटखोला बासीहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी कडा आपत्ति जनाएका छन्।
संरक्षण समितिहरूको स्पष्ट सन्देश छ — “वरुणधाम हाम्रो धर्म, संस्कृति र पहिचान हो। यसको विनाश कुनै हालतमा सह्य हुने छैन। यदि हाईड्रो पावरको नाममा पवित्र धार्मिक स्थल मेटाउने प्रयास भयो भने हामी सक्दो प्रतिकार गर्न बाध्य हुनेछौं।”
पत्रकार सम्मेलनमा बोल्दै ल्होमी शिङ्साकल्याण केन्द्रका अध्यक्ष लाक्पा आङजुक सेक्नेपेदेन ले भने,
धर्म, संस्कृति र प्रकृतिमाथि खतरा “बरुण खोला जस्तो हाम्रो आस्था केन्द्रलाई मेटाएर हाम्रो पहिचान मेटाउने प्रयास तुरुन्त रोक्नुपर्छ। नत्र हामी अन्य कदम चाल्न बाध्य हुनेछौं।”
कार्यक्रममा पर्यटन व्यवसायी टिकराम गुरुङले भने,व्यापारभन्दा माथि आस्था र अस्तित्व “व्यापारका लागि आफ्नो अस्तित्व, इज्जत र धर्म बेच्नु हुँदैन। वरुण खोला बचाउनु सम्पूर्ण संखुवासभाबासीहरूको जिम्मेवारी हो।”
त्यस्तै, नेकपा माओवादीका युवा नेता सनम सिबुव ले भने,
“एपिक इनर्जी र संग्रिला प्रा.लि.ले हाम्रो विनम्र आग्रहको उपहास गरे भने चाँडै नै उनीहरूलाई परिणाम भोग्न तयार रहनुपर्छ। अहिले चलिरहेको सामाग्री ओसारपसार पनि गाउँमै रोक्न बाध्य हुनेछौं।”धार्मिक स्थल वरुणधाम नष्ट हुने कुनैपनि गतिविधि स्वीकार्य छैन। सरकारले यसमा चाँडो नीति स्पष्ट गर्नुपर्छ।”
स्थानीयहरूले वरुणधामको महत्व जोड्दै भनेका छन् —धार्मिक र पर्यावरणीय धरोहरको रक्षाको अपिल:वरुण खोला केवल पानीको स्रोत होइन, हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको आस्था केन्द्र हो। यहाँ माघे संक्रान्तिमा हजारौं श्रद्धालु स्नान गरी पुण्य कमाउँछन्। शिवधारा र दुधकुण्डजस्ता पवित्र स्थलबाट उत्पन्न पानी वरुण र अरुण नदीको संगमस्थलमा मिसिन्छ। त्यसमाथि यो क्षेत्र दुर्लभ काँड भ्याकुर चरा लगायत वन्यजन्तुको बासस्थानसमेत हो।
कम्पनीहरूलाई चेतावनी
कार्यक्रमका वक्ताहरूले एपिक इनर्जी र संग्रिला जस्ता कम्पनीहरूलाई आफ्ना गल्ती सुधार्न आग्रह गर्दै भने —
“यदि यिनले सुध्रिएनन् भने स्थानीयवासीको आँधीबेहरी प्रतिकारका लागि तयार रहनुपर्छ। सरकार पनि निष्क्रिय बस्न छोडेर वरुणधामको संरक्षणमा गम्भीर हुनुपर्छ।”