वाङ छिरिङ भोटिया,,
काठमाडौ। चैत ३१, कपन जेसिस को आयोजनामा एक हप्ते उद्घोषक तालिमको उद्घाटन आज सुकेधारा स्थित हजेल ग्रुमिङ एकेडेमी हलमा बु.ना.पा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई को प्रमुख अतिथीमा गमला को बोटमा पानी हालेर कार्यक्रम उद्घाटन गरेको थियो।
यस्तो राम्रो कार्यक्रम सन्चालन गर्नु भएको मा आयोजक टिम र कपन जेसिस २०२५ का सम्पुर्ण पदाधिकारीहरु लाई हार्दिक बधाई तथा कार्यक्रम सफलता को शुभकामना कार्यक्रम का प्रमुख अतिथि नवराज भट्टराई ले ब्यक्त गर्नु भयो। कपन जेसिस २०२५ का अहिले नव नियुक्ति अध्यक्ष छितेन् लिङ्बो युवा हुनुहुन्छ, जोसिलो हुनु हुन्छ, यस्ता कार्यक्रमहरु गरि रहनु हुन्छ प्रमुख ले खुशी ब्यक्त गर्नु भयो। कपन जेसिस ले गर्ने हरेक कार्यक्रममा बु.न.पा १० वडा कार्यलय सधै साथ र सहयोग रहनेछ उहाँले आश्वासन पनि दिनु भयो।
यसै गरि हामी बोल्न डराउनु हुन्न, बोल्यो भने हेर्ने मान्छेहरु ले के भन्छन् होला भन्ने मन मा डर, त्रास छ भने त्यो मन बाट हटाई दिनु पर्छ, अहिले हामी यसरी खरर बोल्दैछु त्यो त्यति कै बोल्न जानेको होईन सिकेर बोल्न जानेको हो, बिभिन्न सभा गोष्ठीहरुमा सहभागी भएर मन तपाईहरु जस्तै प्रशिक्षणहरु लिएर बोल्न जानेको हो। बोल्नु पर्छ र आफु एक्लै रहदा खेरि पनि बोल्ने बानी राख्नु पर्छ बोल्ने को अभ्यास गरि रहनु पर्छ, केहि बिषयको बारेमा बोल्ने गर्नु पर्छ आज बिशष्ट अतिथि जेसी बबिता पाण्डे ले सल्लाह र कार्यक्रम सफलता को शुभकामना दिनु भयो।
यस निःशुल्क उद्घोषक तालिम को संयोजक जेसी उत्तम खड्का गरेको हो भने कपन जेसिस २०२५ का महासचिव जेसी मिसन अधिकारी ले कार्यक्रम सन्चालन गरेको हो।