
- Advertisement -

वाङ छिरिङ भोटिया,,
काठमाडौ। चैत ३१, कपन जेसिस को आयोजनामा एक हप्ते उद्घोषक तालिमको उद्घाटन आज सुकेधारा स्थित हजेल ग्रुमिङ एकेडेमी हलमा बु.ना.पा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई को प्रमुख अतिथीमा गमला को बोटमा पानी हालेर कार्यक्रम उद्घाटन गरेको थियो।

- Advertisement -
कार्यक्रम मा बिशिष्ट अतिथिको रुपमा नेपाल जेसिस राष्ट्रिय का उपाध्यक्ष जेसी बबिता पाण्डे, अतिथि मा जेसी छितेन् लिङ्बो र प्रमुख प्रशिक्षक जेसी शुभ पनेरु उपस्थित भएको थियो।
तालिम प्रशिक्षण लिन बिभिन्न ठाउँका ब्यक्ति ब्यक्तित्वहरु र बिशेष गरि युवा युवतीहरु को उपस्थित रहेको थियो। कार्यक्रम मा स्वागत मन्तब्य मा बोल्दै “बोल्ने को पिठो पनि बिक्छ, नबोल्ने को चामल पनि बिक्दैन” भन्ने उखान टुक्का जोड्दै यो उद्घोषक तालिम भनेको जो सिक्न चाहनु हुन्छ, जो प्रखर वक्ता बन्ने सपना छ, जो जीवन मा केहि गर्न चाहनेहरुको लागि यो एउटा ठुलो अवसर हो। यस्तो अवसर जीवन मा घरीघरी आउदैन त्यसैले यो एक हप्ते निःशुल्क उद्घोषक तालिम को राम्रो सदुपयोग गर्नु होला कपन जेसिस २०२५ का अध्यक्ष छितेन् लिङ्बो ले उपस्थित सबैलाई अपिल गर्नु र स्वागत गर्नु भयो।

- Advertisement -

यस्तो राम्रो कार्यक्रम सन्चालन गर्नु भएको मा आयोजक टिम र कपन जेसिस २०२५ का सम्पुर्ण पदाधिकारीहरु लाई हार्दिक बधाई तथा कार्यक्रम सफलता को शुभकामना कार्यक्रम का प्रमुख अतिथि नवराज भट्टराई ले ब्यक्त गर्नु भयो। कपन जेसिस २०२५ का अहिले नव नियुक्ति अध्यक्ष छितेन् लिङ्बो युवा हुनुहुन्छ, जोसिलो हुनु हुन्छ, यस्ता कार्यक्रमहरु गरि रहनु हुन्छ प्रमुख ले खुशी ब्यक्त गर्नु भयो। कपन जेसिस ले गर्ने हरेक कार्यक्रममा बु.न.पा १० वडा कार्यलय सधै साथ र सहयोग रहनेछ उहाँले आश्वासन पनि दिनु भयो।

यसै गरि हामी बोल्न डराउनु हुन्न, बोल्यो भने हेर्ने मान्छेहरु ले के भन्छन् होला भन्ने मन मा डर, त्रास छ भने त्यो मन बाट हटाई दिनु पर्छ, अहिले हामी यसरी खरर बोल्दैछु त्यो त्यति कै बोल्न जानेको होईन सिकेर बोल्न जानेको हो, बिभिन्न सभा गोष्ठीहरुमा सहभागी भएर मन तपाईहरु जस्तै प्रशिक्षणहरु लिएर बोल्न जानेको हो। बोल्नु पर्छ र आफु एक्लै रहदा खेरि पनि बोल्ने बानी राख्नु पर्छ बोल्ने को अभ्यास गरि रहनु पर्छ, केहि बिषयको बारेमा बोल्ने गर्नु पर्छ आज बिशष्ट अतिथि जेसी बबिता पाण्डे ले सल्लाह र कार्यक्रम सफलता को शुभकामना दिनु भयो।

यस निःशुल्क उद्घोषक तालिम को संयोजक जेसी उत्तम खड्का गरेको हो भने कपन जेसिस २०२५ का महासचिव जेसी मिसन अधिकारी ले कार्यक्रम सन्चालन गरेको हो।

- Advertisement -

