- Advertisement -

- Advertisement -

भोटखोलाका स्थानीयवासीले क्षुक्क्षुवा बरुण नदी बचाउ अभियान सुरु गरेको छ

- Advertisement -

- Advertisement -

संखुवासभा, भोटखोला स्थित बरुण नदीमा विद्युत उत्पादन गर्न लागेको भन्दै विरोधस्वरूप स्थानीयवासीले ‘बरुण नदी बचाउ अभियान’ सुरु गरेका छन् । भोटखोला गाउँपालिका–४ मा बरुण नदीमा विद्युत् आयोजना बन्न लागेपछि स्थानीय सरोकारवालाहरू ‘बरुण नदी बचाउ अभियान’मा जुटेका हुन् ।
हिन्दु र बौद्धधर्मालम्बीहरूको तीर्थस्थल मानिने बरुण नदीबाट विद्युत् उत्पादन गर्न नहुने र बरुणलाई ‘भर्जिन’नै राख्नुपर्ने उनीहरूको भाग छ।

त्यसैगरी बरुणधाम संरक्षण नागरिक समितिका अध्यक्ष उत्तरमान राईले बरुण नदी सबैको आस्थाको केन्द्र भएकाले जलविद्युत् आयोजना निर्माण गर्न दिने सरकारको निर्णय गलत भएको बताए । उनले संखुवासभाका अन्य थुप्रै नदी तथा खोलाहरुबाट विद्युत् उत्पादन गर्न सकिन्छ तर बरुण नदीमा जलमाफियाहरुले गिद्धे नजर लगाएको भन्दै आक्रोश पोखे।

हिन्दु, किराँत तथा बौद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्र शिवधारा (याङले) र दुधकुण्ड (होमेछो)बाट आउने पानीको वहाव भएको धार्मिक नदी बरुण भएकाले यसको अस्तित्व जोगाउनुपर्ने अध्यक्ष राईको भनाइ छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले बरुण नदीलाई भर्जिन राख्नुपर्ने भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्राचार गरेका छन्। ‘बरुण नदी बचाउ अभियान’ मा उत्तरमान राई अध्यक्ष रहेको (बरुणधाम संरक्षण नागरिक समिति), सोनाम भोटे संयोजक रहेको (भोटे राष्ट्रिय मुक्ति मोर्चा) र लाक्पा आङजुक सेक्नेपेदेन (ल्होमी सिङ्सा कल्याण केन्द्र) का अध्यक्ष लगायतका आधा दर्जनभन्दा बढी भोटखोलाका सराकोरावाला समूह लागि रहेका छन् ।

उनीहरूले स्थानीय वडा सरकारदेखि जिल्ला समन्वय समिति, प्रदेश सरकार हुँदै संघीय सरकारका विभिन्न निकायमा चरणबद्ध दबाब दिइरहेका छन् ।

त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले पनि बरुण नदीमा जलविद्युत् आयोजना बनाउन नहुने धारणा राखेका छन्। मन्त्री खड्काले संखुवासभा आएका समयमा आयोजना बनाउन सरकारले यसअघि नै अनुमति दिए पनि कार्यान्वयन नहुने स्पष्ट पारेका थिए।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...