- Advertisement -

- Advertisement -

प्रचण्डको फोटो जलाउने बमलाई पक्राउ गरेर सरकारले सराहनीय काम गर्योः एमाले नेता बस्नेत

- Advertisement -

- Advertisement -

काठमाडौँ।नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने निराजन बमलाई सरकारले पक्राउ गरेर सराहनीय काम गरेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका दस्य सचिव बम आज चितवनबाट पक्राउ गरेका छन् ।

यो पनि पढ्नुहोस

Working Together to Make Investments

- Advertisement -

- Advertisement -

हेटौंडा उपमहानगरपालिकामा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री प्रचण्डको तस्विर जलाएका थिए । ‘पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाउने राप्रपा निकट नीराजन बमलाई मकवानपुर प्रहरीले पक्राउ गरेका छ। यस्ता अराजकहरुलाई कारबाहीको दायरामा ल्याउनको निमित्त गृहमन्त्रालयले खेलेको भूमिका सराहनीय छ,’– नेता बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...