वाङ छिरिङ भोटिया,
काठमाडौ, बैशाख १७। बालुवाखानी कपनको एकमात्र +2 कलेज तिरुपति सेकेन्डेरी स्कुल/कलेज र काठमाडौं विश्वविद्यालय (Kathmandu University) बीच विद्यार्थीहरुको शैक्षिक सुधार र शिक्षकहरुको क्षमता विकासको लागि कार्यक्रम सचालन गर्ने भनी सम्झौता भएको छ।
विद्यालयका प्रधानाध्यापक भोटियाका अनुसार केयु सग सहकार्य गरे पश्चात विद्यालयमा अध्यायनरत विद्यार्थीहरुको सिकाइमा नयाँपन आउने र शिक्षकहरु पनि नयाँ शैक्षिक प्रणाली र विशेष गरेर पाठ्यक्रम बारे पुर्णरुपले जानकार हुने बताए।
यो कार्यक्रम लागु गरे पश्चात् तिरुपति इङ्ग्लिस् बोर्डिङ स्कुल ले आगामी एक वर्ष भित्र विद्यार्थीहरुको सिकाइमा ठुलो फर्को मार्ने विश्वास लिइएको छ प्रधानाध्यापक तेन्जिङ भोटिया ले बताउनु भयो।