
- Advertisement -
काठमाडौं।दरबार मार्गस्थित ‘दरबार लन्च’ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । यही भदौ १८ गते बुधबार आयोजना हुने कार्यक्रममा लोकप्रिय गायक रोज मोकतानले आफ्ना दर्जनौँ चर्चित गीत प्रस्तुत गर्नेछन्।
‘कलाकटे काईयो मेरो बाङ्गो’, ‘हेलम्बुको बजारमा माया बस्यो’, ‘कान्छीको मुहारमा’, ‘यानी माया’, ‘बाबरी फूलको बोट’ लगायतका प्रिय गीतका गायक मोकतानको प्रस्तुति वार्षिकोत्सवको प्रमुख आकर्षण रहने अपेक्षा गरिएको छ।
कार्यक्रमको सञ्चालन चर्चित होस्ट भीजे सुशील नेपालले गर्नेछन्। दरबार लन्चका निर्देशक अजयमान श्रेष्ठले चार वर्षको सफलतामा ग्राहक र अतिथिहरूको योगदानलाई नै प्रमुख आधार बताउँदै सबैलाई हार्दिक आभार प्रकट गरेका छन्। साथै,उनले वार्षिकोत्सवमा सहभागी भई खुसी साटासाट गर्न सम्पूर्णलाई निमन्त्रणा गरेका छन्।


- Advertisement -

