- Advertisement -

- Advertisement -

जापान पठाईदिने भनी दुई करोड ८७ लाख, ठगी गर्नेलाई कारवाहीको माग

- Advertisement -

- Advertisement -

मोरङ । मोरङका ३७ जनालाई जापानमा रोजगारीका लागि पठाइदिने भन्दै दुई करोड ८७ लाख ठगी गर्नेलाई कारवाहीको लागि माग गरिएको छ।

मोरङको सुनवर्षी, रंगेली नगरपालिका र कटहरी गाउँपालिकामा वसोवास गर्ने ३७ जना पीडितहरुले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विसं २०७९ बैशाख देखि पुस मसान्तसम्ममा सुनवर्षी नगरपालिका –६ पटियापाडाका अजय राजवंशी, सोही स्थानका रंजितकुमार राजवंशी, अनुराधा राजवंशी, विद्याकुमारी राजवंशी र चितवनका नारायणका राजेन्द्र अधिकारीले विभिन्न मितिमा विभिन्न वैंकमार्फत उक्त रकम लिएर फरार भएका छन् ।

पीडितमध्येका कटहरी गाउँपालिकाका विवेक राजवंशीले आरोपीहरुले जापानमा राम्रो रोजगारी उपलव्ध गराउने भन्दै नक्कली कामदार मागको कागजपत्र देखाई रु १८ लाख बैकमा नगद जम्मा गर्न लगाई ठगी गरेको बताउनु भयो ।

यो पनि पढ्नुहोस

Metro city’s should make road with protection In mind

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

यसैगरी सुनवर्षी नगरपालिका –६ का सुरेन्द्रकुमार राजवंशीले छोरा राहुल राजवंशी र ज्वाई मदनकुमार राजवंशीलाई रोजगारीमा पठाउन पटक पटक गरी बैंकमार्फत १९ लाख भुक्तानी दिएको भौचर देखाए।

पीडितहरुले ३६ देखि ६० प्रतिशत व्याजमा आफनो घर जग्गा धितोमा राखी रकम उठाइ आरोपीलाई दिएका सोही अवसरमा आँखाभरी आँशु झारी व्यक्त्त गर्दै थिए ।

यस सम्वन्धमा पीडितहरुले इलाका प्रहरी प्रशासन कार्यालय रंगेली, इलाका प्रहरी कार्यालय रंगेली, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय विराटनगरमा उजुरी दिनुका साथै ठगी भएको रकम उपलव्ध गराउन माग गरिएको छ । आरोपीहरु हाल घर छाडेर फरार रहेका छन् ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...