- Advertisement -

- Advertisement -

प्रधानमन्त्री ओलीको राजावादीलक्षित जवाफः लोकतन्त्र राजमार्ग हो, यसमा व्याक गियर लगाइँदैन

- Advertisement -

- Advertisement -

प्रबिन किराती

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको
समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक 
परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । उद्योग,
वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा 
आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को आज उद्घाटन 
गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा 
र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र 
गतिशील शक्तिका रुपमा चित्रण गरेकाले महिलाहरुको समान
सहागिता आवश्यक भएकोमा जोड दिएका हुन् ।

‘रथको एउटा पाङ्ग्रो मात्रै चलेर गाडी गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्छ । सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा हामीले महिलालाई पाइसकेका छौँ । राजनीतिमा महिलाको सहभागिता बढ्दो छ । यो खुसीको विषय हो । तर हामी यसमा मात्रै सन्तुष्ट मानेर बस्नु हुँदैन । हामीले शिक्षा, उद्यम र रोजगारी आदि क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्छ ।’

- Advertisement -

- Advertisement -

सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै विविध क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरिएको बताउँदै उनले अर्थतन्त्रको विकासका सरकार सुशासनमा प्रतिबद्ध रहेको र निजी क्षेत्रको अगुवाइपूर्ण भूमिकालाई महत्व दिन तत्पर रहेको बताए । वर्तमान व्यवस्थालाई राजमार्गको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले अब यसमा व्याक गियर नलाग्ने बताए । ‘हामी अघि बढ्नुपर्छ, पछाडि फर्कनु हुँदैन । ब्याक गियर त कहिलेकाँही घुम्तीमा मात्रै लगाउने हो । लोकमार्गमा ब्याक गियर लगाइँदैन । लोकतन्त्र हाम्रो राजमार्ग हो,’– उनले भने ।

साथै, कानुनहरु काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै उनले सम्मेलनबाट प्राप्त सुझावलाई हेरेर सरकारका नीति, व्यवहार र कानुनहरुलाई परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...