
- Advertisement -
काठमाडौं।चैत्र २९गते चाबहिल को SR Banquet मा “माँ भाटभटेनी सस्था“ले १महिने बेकरी तालिम को जानकारी र तालिममा सहभागी छनोट कार्यक्रम गरेको छ ।
कार्यक्रम का प्रमुख अथिति काठमाडौं क्षेत्र न ५ (१) का राप्रपा का माननीय समाजसेवी राजेन्द्र प्रजापति , माँ भाटभटेनी सस्था का अध्यक्ष मधु कुमारी थापा (श्रेष्ठ ), समाजसेवी सञ्जीव प्रजापति,समाजसेवी नीलेश अधिकारी लगायत बिभिन्न संघ सस्थाको प्रतिनिधि को उपस्थीति रहेको थियो।


- Advertisement -

माँ भाटभटेनी सस्था सामाजिक कार्य गर्ने उदेस्य ले सुरुवात भइ लामो समय देखी सामाजिक सेवा हरु गर्दै आई रहेको सस्था हो ।गरीबी निवारण अन्तरगत भिभिन्न अनाथ आश्रम ,वृध्द आश्रमहरुमा खाधान्न,खानाहरु बितरण साथै पुरानो लता कपडाहरु जम्मा गर्ने र आबाश्यक भएको स्थानमा बितरण गर्ने,आत्मनिर्भर को लागी भिभिन्न तालिम जस्तै साबुन ,झोल साबुन, पिताम्बर, हर्पिक , फुरुन दाना ,दालमोठ , भुजिया , आलुचिपस र कपडाको सेनिटरि प्याड बनाउने तालिम लगायत माँ भाटभटेनी सँस्थाको सचिब सबिना प्रजापति ले जानकारी दिनुभयो।


- Advertisement -
कार्यक्रममा बोल्दै माननीय राजेन्द्र प्रजापति ले सँस्था,तालिम र संस्था लाई अगाडी बढाउन सबैले सहयोग गर्नु पर्ने र आफु सधै सहयोग गर्ने साथै सफलताको शुभकामना पनी दिनु भयो।
तालिम कार्यक्रममा जम्मा २५ जना सहभागी हुने र अबधि १महिने नि:सुल्क रहने सस्थाका अध्यक्ष मधु कुमारी थापाले जानकारी दिनुभयो त्यस्तै समाजसेवी तथा संचारकर्मी नीलेश अधिकारी ले कार्यक्रम सफलता को शुभकमना दिनु भयो।

कार्यक्रम मा २५ जना तालिम सहभागी लगायत करिब १५० जना को उपस्थति रहेको थियो । सँस्थाको सदस्य चन्द्र बलामी को स्वागत मन्तब्य बाट शुरु भएको थियो ।संस्था को बारे प्रेम माया प्रजापती ले जानकारी गराउनु भएको थियोे भने कार्यक्रम समापन सँस्था का अध्यक्ष मधु कुमारी थापा ले गर्नु भएको थियो। कार्यक्रम सँस्था को सचिब सबिना प्रजापति ले सन्चालन गर्नु भयको थियो।
सस्था“ले १महिने बेकरी तालिम २०८२ वैशाख ४ गते SR Banquetमा उद्धघाटन गर्ने जानकारी गराउनु भयो।



- Advertisement -

