- Advertisement -

- Advertisement -

क्षुक्क्षुवा बरुण नदीमा जल बिधुत् आयोजना निर्माण रोक्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय लाई अनुरोध पत्र

- Advertisement -

- Advertisement -

सङ्खुवासभा, खाँदवारी । जिल्ला समन्वय समिति, सङ्खुवासभाले शिङ्सालुङको ऐतिहासिक धार्मिक मकालु–बरुण राष्ट्रिय निकुञ्जको आरक्ष तथा संरक्षण क्षेत्रभित्र पर्ने छुक्चुवा वरुण नदीमा जलविद्युत् आयोजना निर्माण रोक्न उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई अनुरोध गरेको छ ।

मिति २०८२/०४/१२ मा पठाइएको पत्रमा समितिले वरुण नदी धार्मिक आस्था र प्राकृतिक महत्व बोकेको भन्दै १३२ मेगावाट क्षमताको आयोजना अनुमति दिन नहुने स्पष्ट पारेको छ । पत्रमा भनिएको छ — जिल्लाका अन्य नदीहरूबाट करिब ६,००० मेगावाट विद्युत् उत्पादन सम्भावना रहेको र अहिले नै ५५–६५ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेको अवस्थाले वरुण नदीमा आयोजना नगर्दा जिल्लालाई घाटा नपर्नेछ ।

- Advertisement -

- Advertisement -

समितिले सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार “संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण कार्यनीति, २०६५” को प्रावधान लागू नहुने भएकाले निकुञ्ज तथा आरक्षभित्र १ मेगावाट भन्दा माथिको आयोजना निषेध हुने उल्लेख गरेको छ । साथै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ का दफा ५ (ङ) र (ञ) अन्तर्गत संरक्षित क्षेत्रभित्र नदीको प्राकृतिक बहावमा हस्तक्षेप गर्न नपाइने प्रावधान उद्धृत गरिएको छ ।

- Advertisement -

- Advertisement -

भोटखोला गाउँपालिकाले समेत वरुण नदीलाई धार्मिक सम्पदा घोषणा गर्दै जलविद्युत् निर्माण रोक्ने निर्णय गरेको समितिको भनाइ छ । यसै आधारमा मन्त्रालयलाई अनुमति नदिन ध्यानाकर्षण गराइएको हो ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...