- Advertisement -

- Advertisement -

ल्होमी शिङसा कल्याण केन्द्र को आयोजनामा ल्होसार तथा नव वर्ष २०८२ को शुभकामना आदान प्रदान सम्पन्न भएको छ

- Advertisement -

- Advertisement -

वाङ छिरिङ खुम्बुवा,

भोटखोलाः ल्होमी/शिङसा कल्याण केन्द्र को आयोजनमा ल्होसार तथा नव वर्ष २०८२ को शुभकामना आदान प्रदान, अभिमुखिकरण एवंम सम्मान कार्यक्रम २०८१ सम्पन्न भएको छ।

आयोजक ले ल्होमी/शिङसा समुदाय बाट बिभिन्न क्षेत्रमा आबध्द भई योगदान पुराउनु भएका सफल ब्यक्तिहरु लाई सम्मान गरेको छ। सम्मान हुने सम्मानित ब्यक्तिहरु शिक्षा सम्मान अरुणज्योति विधा मन्दिर स्कुल का प्रिन्सिपल छेवाङ छेदर भुटिया, समाजसेवी सम्मान संखुवासभा लर्निङ ग्राउण्ड का अध्यक्ष कर्मा भोटिया, युथ आइकन सम्मान युवा नेता तेन्जिङ भोटिया, साहित्य सम्मान डुक्पा नुप्पा ल्होमी, सफल महिला प्रहरी नायब उपरिक्षक सम्मान छिरिङ किपा लामा, निजामति कर्मचारी(शाखा अधिकृत) सम्मान घाङरी लामा, खेलकुद सम्मान पेम्बा नुर्बु भोटे, चलचित्र सम्मान छिरीङ भोटिया र संगीत सम्मान गुरु भोटिया लाई सम्मान गरेको हो।

कार्यक्रम मा राष्ट्रिय ख्याति प्राप्त गायकहरु लाक्पा शेर्पा, चेतना तामाङ, गुरु भोटिया, छिरीङ भोटिया संगै स्थानीय कलाकार गायक लाप्टुक नुप्पा र टाशी पेमा खाम्बा को नृत्य प्रस्तुति रहेको थियो। कार्यक्रम आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान का उपाध्यक्ष रेशम गुरुङ को प्रमुख अतिथिमा उद्धाटन भएको हो। कार्यक्रम मा ल्होमी/शिङसा क्षेत्र का अग्रज ब्यक्तित्व, समाजसेवी, बुध्दिजीवि विज्ञहरु को उपस्थित भएको थियो। स्वागत मन्तब्य संयोजक वाङ छिरीङ खुम्बुवा ले गरेको हो भने स्वागत नृत्य नामुक्ष्यी चेली माईती समुहको टिमले प्रस्तुत गरेको हो।

कार्यक्रम शिङगी थिकेपा र निम्लेकी शेर्पा ले सन्चालन गरेको हो भने ल्होमी/शिङसा कल्याण केन्द्र का अध्यक्ष लाक्पा आङजुक सेक्नेपेदेन ले कार्यक्रम को समापन गरेको हो॥

~भोटखोला खबर

- Advertisement -

- Advertisement -

~भोटखोला खबर

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...