
- Advertisement -
काठमाडौ। सगरमाथाको चुचुरो पुग्न सफल भएका भोटखोलाका दुईजना आरोही दिपन गुरुङ र छियाङ ज्याबु थिकेपा लाई जेसि कपनले सम्मान गरेको गरेको छ।
कपन जेसिसले विश्व वातावरण दिवसको अवसर पारेर आरोही दुई जना लाई सम्मान गरेको हो । भोटखोला ४ स्थायी घर भै हाल लामो समय देखि राजधानी काठमाडौ मा बसोबास गर्दै आउनु भएका दिपन गुरुङ जेसिजमा आवद्ध भै सगरमाथामा जेसिजको झण्डा फर्फराएका थिए । गुरुङ ले १४ मे २०२५ मा सफलता पुर्वक सगरमाथाको आह्रोहण गरेको हो।

दिपन गुरुङले माउन्ट के टु सहित ८ हजार मिटर अग्ला हिमाल अन्नपूर्ण ल्होत्से सहित ५ वटा हिमाल सफल रुपमा आरोहण गरिसकेको बताए। ८ हजारमाथिको अधिकांश हिमाल नेपालमा रहेको भन्दै आफू गौरव लागेको कार्यक्रम मा बताउनु भयो।

- Advertisement -

- Advertisement -

त्यसैगरी भोटखोला ३ पाङ्दोक संखुवासभाका छियाङ ज्याबु थिकेपा ले पहिलोपटकमा नै सगरमाथा आह्रोहण गरेको बताए। भोटखोला लिङ्गमबाट एसईई उतिर्ण गरि तीन वर्ष अघि उच्च शिक्षा हासिल गर्न आएका उनले २३ मे २०२५ मा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएको जानकारी दिए।

१८ वर्ष का छियाङ ज्याबु सहित २२ जना शेर्पा र १३ जना विदेशी सहित ३५ जनाको जम्बो टोलिले विश्वको सर्वोच्च शिखर सगरमाथामा बिजय हाँसिल गरेको बताए ।
फोटो फिचर!

- Advertisement -

